काठमाडौं, पोखरा - राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही अज्ञात भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

जनमोर्चाको संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र बुझाएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

शाहीको अवस्था अज्ञात रहेको भन्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा निवेदन दिएकी थिइन् । उनले सदनको कारबाही रोक्न मागसमेत गरेकी थिइन् ।