काठमाडौं - राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रत्येक परिवारका कम्तिमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले कोरोना परिक्षणलाई तीव्रता दिई हरेक परिवारका एक व्यक्तिमा परिक्षण गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएको बैठकमा समितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्‍याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्य सम्बन्धी एकीकृत कानून बनाउन निर्देशनद समेत दिएको छ ।