प्रचण्ड स्वघोषित नेता : टोपबहादुर रायमाझी
काठमाडौं - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले २०६९ सालमा माओवादीको नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गरे । उनले विगत ३३ वर्षदेखि बिनाविचार तथा विधि र प्रक्रियाबिना नै अध्यक्ष प्रचण्ड स्वघोषित नेतापमा नेतृत्वमा बसिरहेको आरोप लगाए ।
‘गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कतिऔ पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ बर्ष सम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने , कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ ।’ रायमाझीले भने, ‘अझै शान्ति प्रक्रियामा आईसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुँदै गयो । किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यसकारणले पार्टी तुईदै तुईदै गएपछि पार्टी कमजोर भयो । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?’
माओवादी पार्टीले गरेको योगदानलाई कदर र कमजोरीलाई ‘करेक्सन’ गर्नुपर्छ भनेर आफूहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे ।
फेसबुक पेज Like गर्नुहोस