काठमाडौं - आईतबार सुनको भाउको नयाँ रेकर्ड कायम भयो । आईतबार सुनको भाउ एकैदिन प्रतितोला ५ सयले बढेर ६६ हजार ३ सय पुग्यो ।

अन्तराष्ट्रिय बजारलाई पच्छयाउदै  छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर ६६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुुक्रबार पनि सुनको भाउ तोलामा ८ सयले बढेर ६५ हजार ८ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि ५ रुपैयाले बढेर ७ सय ७५ कायम भयो ।

अन्तराष्ट्रिय बजारमा सुन प्रति औंन्स १४ सय ८५ डलर हाराहारीमा कारोबार भईरहेको छ ।