काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । 

पछिल्लो समय विकसीत राजनीतिक घटना, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसर पारेर बुधबार विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउनेछन् ।