सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट प्राप्त गर्ने
खबर एक्सप्रेस
२०७७-०८-२३ ०८:०० मा प्रकाशित
Total Shares: 359
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, चितवनबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस