काठमाडौं - चन्द्रागिरि हिल्सले आज आईपीओ बाँडफाँट गर्दैछ ।

कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।

जसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुने भएको हो । तर, बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार कम्पनीको आईपीओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन् । कूल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्नेछन् ।