काठमाडौं - वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दर्ता गरेको भन्दै त्यसलाई ५ जनाको भन्न नमिल्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना अदालतमा उपस्थित भएर सनाखत गरेर रिट दायर गरेको र उनीहरुले स्वीकार गरेको कुरा अलग पानमा राखिएको बताए । ‘१४६ जना उपस्थित भएर दर्ता गरेको रिटलाई ५ जनाको भन्न कसरी मिल्छ ?’ जवाफी बहसकका क्रममा उनले प्रश्न गरे ।

सरकारी पक्षले रिटमा पाँच जनाको मात्र हस्ताक्षर रहेको जिकिर इजलासमा गरेपछि दाहालले अदालतमा उपस्थित हुन नसक्नेको वारेस राखिएको भन्दै पाँच जनाको मात्र रिट नभएको बताएका छन् । सरकारी पक्षले पाँचजनाको मात्र हस्ताक्षर भएकाले १४६को नभइ पाँच जनाको रिट भएको दाबी र तर्क गलत भएको उनले इजलाससमक्ष जवाफी बहसमा भने ।