यूएईका प्रधानमन्त्रीकी पत्नी छोराछोरी र साढे ४ अर्ब लिएर विदेश भागिन्
एजेन्सी - दुबईका अरबपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेका छन् । उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा जलिला ९११० र जायेद ९७० लिएर भागेको समाचार जनाएको छ ।
समाचारका अनुसार राजकुमारी हया लण्डनमा लुक्दै आएकी छन् । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन ९तलाक० मागेकी थिइन् ।
अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ । यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस