काठमाडौं - विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । युरोप लगायत एसियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यूएईमा पनि १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

१४ जनामध्ये दुई जना नेपाली पनि रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार युएईको स्वास्थ्य मन्त्रालयले यस कुराको पुष्टि गर्दै संक्रमितहरुको रिपोर्ट सार्वजनिक गरेको हो । यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ ।