माधव नेपाल विपक्षी गठबन्धनमा नरहने, पार्टी एकताको लागि अघि बढ्ने
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अब विपक्षी गठबन्धनमा नरहने बताएका छन् । सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका नेता नेपालले आफू गठबन्धनमा नरहने जानकारी सहभागीहरुलाई गराएका हुन् ।
बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतलाई नेता नेपालले सो कुराको ाजनकारी दिएका हुन् । बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि भा पुर्नस्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने बताएको स्रोतले बतायो ।
आइतबार एमालेको कार्यदलले गरेको १० बुँदे सहमतिको अनुसार अघि बढ्न लागेको भन्दै नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैं सहयोग र समर्थन रहने बताए । साथै उनले जनताका समस्या समाधान गर्न, सक्षम सरकार बनाउन र सबैलाई समेटेर जान आग्रह गर्दै उनले देउवालाई शुभकामना दिएका थिए।
फेसबुक पेज Like गर्नुहोस