०७५ जेठ २ गतेको अवस्थामा फर्किने एमालेको निर्णय
खबर एक्सप्रेस
२०७८-०३-१५ ०८:४० मा प्रकाशित
Total Shares: 217
काठमाडौं - नेकपा एमालेले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीलाई जेठ २ गते फर्काउने निर्णय गरेको हो ।
माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको थियो ।
यस्तै, बैठकले केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णयसमेत गरेको छ । सो बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि निम्तोकेन्द्रीय सदस्य दिइनेछ ।
फेसबुक पेज Like गर्नुहोस