विमानस्थलबाट करिब ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ
खबर एक्सप्रेस
२०८०-०२-२९ १२:४७ मा प्रकाशित
Total Shares: 99
काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्मन नागरिक पक्राउ परेका छन्। करिब ७ किलो चरेससहित उनी पक्राउ परेका हुन्।
सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरी स्रोतले बतायो।
प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो।
फेसबुक पेज Like गर्नुहोस