काठमाडौं - प्रहरीले बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई पक्राउ गरेको हो ।

एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।