राष्ट्रपतिसमक्ष चार देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश
खबर एक्सप्रेस
२०७८-०१-०३ ०५:२९ मा प्रकाशित
Total Shares: 311
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
युताका आवासीय र तथा अन्य देशका राजदूत गैरआवासीय छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।
फेसबुक पेज Like गर्नुहोस