सरकार र पार्टीविरुद्धको स्याल हुइयाँ टिक्नेवाला छैन : ओली
खबर एक्सप्रेस
२०७८-०३-१८ ०१:५७ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीविरुद्ध केहीले स्याल हुइयाँ मच्चाइरहेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘केहीले सरकार र पार्टीविरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् । तर, स्याल हुइयाँ टिक्नेवाला छैन,’ ओलीले भने, ‘फेरि पनि नेपालको राजनीति एमालेलाई नै केन्द्रविन्दु वरिपरि रहेर अघि बढ्छ ।’
फेसबुक पेज Like गर्नुहोस