दोलखाका कोरोना संक्रमित पुरूषको मृत्यु, कुल मृतक संख्या ९ पुग्यो
खबर एक्सप्रेस
२०७७-०२-२१ ०४:५५ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार उनकाे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । योसहित संक्रमणबाट कुल ९ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस