अमेरिकामा २४ घन्टा नबित्दै दोस्रो बन्दुक आक्रमण, १० जनाको मृत्यु
काठमाडौं - अमेरिकामा एकपछि अर्को श्रृंखलावद्ध गोलीकाण्ड भएका छन् । टेक्सस राज्यमा गोली हानेर २० जनाको हत्या गरेको २४ घण्टा नपुग्दै ओहायो राज्यमा फेरि त्यस्तै आतंक मच्चाइएको छ ।
ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको गोलीकाण्डमा दश जना मारिएका हुन् । मध्यशहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा गोली लागेर नौ जना मानिस मारिएका हुन् ।
बन्दुकधारीले त्यहाँको एउटा बारमा अन्धाधुन्ध आक्रमण गरेका थिए । घटनामा अरु १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा आशंकित बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ । प्रहरी कार्वाहीमा एक जना आक्रमणकारी मारिए पनि घटनामा अर्का पनि संलग्न रहेको आशंका प्रहरीको छ ।
यसको केही घन्टाअघि टेक्ससको एल पासोमा यस्तै बन्दुक आक्रमणमा २० जनाको मारिएका थिए । घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन् ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले २१ वर्षीय एक गोरा युवकलाई नियन्त्रणमा लिएको छ । बन्दुकधारीले एके–४७ राइफलबाट बालस्ट्रिटको सपिङ कम्प्लेक्समा प्रवेश गरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस