काठमाडौं - विप्लव समुहको नेपाल कम्युनिस्ट पार्टीले भारतले कालापानी, लिपुलेक क्षेत्र अतिक्रमण गर्दै एकलौटी सडक बनाएको विरोधमा देशव्यापी सङ्घर्ष कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले आज २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने, वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

भारतीय साम्राज्यवाद– मुर्दावाद १, लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो १, कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर १, भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर १, नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद १ लगायत नारा लेखिएका पर्चा, पोस्टरिङ, वालपेन्टिङका साथ जेठ ५ गते देशव्यापी रूपमा सहरदेखि गाउँसम्म मशाल जुलुस गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

नेकपाले देशव्यापी रूपमा आयोजना हुने सङ्घर्षमा सिङ्गो पार्टी पङ्क्तिलाई सक्रियता पूर्वक परिचालित हुन र राष्ट्रवादी जनतालाई उत्साहपूर्वक साथ दिन पनि हार्दिक अपिल गरेको छ ।

सङ्घर्षका कार्यक्रम

१) वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने

२) वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने । नेकपाले सङ्घर्षका निम्ननारा पनि तय गरेको छ :

– भारतीय साम्राज्यवाद– मुर्दावाद !

– लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !

– कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर !

– भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर !

– नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद !