काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गरिने भएको छ । सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ । 

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ । काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद हिजो सकिएको हुनाले आज अदालत उपस्थित गराउन लागिएको हो ।

थुनछेक बहसमा वकालनामा पेश गरेका वकिलको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्ने प्रहरीले जनाएको छ ।