काठमाडौं - सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध हुने निश्चित भएको छ । माघ ७ गते उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।
यसको औपचारिक घोषणा भने आइतबार हुँदैछ । दिउँसो ३ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकाले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ । त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्।

.gif)



