बाजुरा - अविरल वर्षापछि आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान आसपासको बस्ती डुबानमा परेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति बस्तीमा बाढी पसेलगत्तै प्रहरी टोली परिचालन गरी प्रभावित परिवारको उद्धार गरिएको हो।