मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ हुने
खबर एक्सप्रेस
२०७८-०१-१५ ०१:३४ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेको बताइएको छ । यद्यपी उनले क कसलाई कुन मन्त्रालय दिएको भन्नेबारे केही पनि बताइएको छैन ।
मुख्यमन्त्री पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी भित्र तीब्र विरोधकाबीच मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस