लिपुलेकको मुद्दा अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई राज्यव्यवस्था समितिको सुझाव
खबर एक्सप्रेस
२०७७-०१-२८ ११:१३ मा प्रकाशित
Total Shares: 298
काठमाडौं - राज्यव्यवस्था तथा सुशासन समितिले लिपुलेकमा भारतले बाटो खोलेको विषयलार्ई अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिको आइतबार बसेको बैठकले कूटनितिक पहलबाट नभए सो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिएको हो ।
नेपाली भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोबर जाने बाटो खोलेकामा समितिले भर्त्सना पनि गरेको छ ।समितिले नेपाल हुँदै चीन जोड्ने बाटो बनाउनु अतिक्रमणकारी नीति भएको पनि ठहर गरेको छ ।
सो विषयमा चीनसँग पनि कुरा गर्न समितिको सुझाव छ । बैठकमा सांसदहरूले लिपुलेकको विषय अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस