घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०४-१७ १२:५४ मा प्रकाशित
Total Shares: 231
काठमाडाैं - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनकाे मूल्य ९२ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ रहेको छ । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमै कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस