काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ५ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार ८०० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)


