स्वास्थ्य समस्या देखाउँदै संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित
खबर एक्सप्रेस
२०७६-०७-२५ ११:०० मा प्रकाशित
Total Shares: 603
काठमाडौं - संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा स्वास्थ्य समस्या देखाउँदै प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका छन् । सोमबार ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको थियो ।
बैठकमा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड भने उपस्थित छन् । बैठकमा प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएकी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्यालले प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी दिएकी छिन् ।
समितिले प्रधानमन्त्री ओलीलाई भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफ गर्न डाकेको थियो ।
फेसबुक पेज Like गर्नुहोस