जमल खशोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमारको स्वीकारोक्ति
काठमाडौं – साउदी राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमल खशोग्गीको हत्या आफ्नै निगरानीमा भएको स्वीकार गरेका छन् ।
एक सातापछि सार्वजनिक हुन लागेको एक प्रतिवेदनमा राजकुमार सलमानले उक्त कुरा स्वीकारेको उल्लेख छ । दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन् ।
पत्रकार मार्टिन स्मिथले सार्वजनिक गर्न लागेको दस्तावेजमा यस्तो खुलासा भएको हो । गत वर्ष भएको खसोग्गीको हत्यालाई संसारभर चासोका साथ हेरिएको छ ।
तर मोहम्मद बिन सलमानले यो कुरा सार्वजनिक रुपमा घोषणा गरेका छैनन् ।
टर्कीस्थित साउदी राजदूतावासमा गत वर्ष पत्रकार जमल खशोग्गीको हत्या भएको थियो। खशोग्गीको हत्यापछि साउदी राजपरिवारको चर्को आलोचना समेत भएको थियो । साउदी अधिकारीले उक्त घटनामा सलमानको भूमिका नरहेको बताउँदैआएका छन् ।
फेसबुक पेज Like गर्नुहोस