काठमाडौं - गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको हो ।

कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव पहारी, कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइराला रहेका छन् । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि काेराेना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको काेराेना परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् ।

सांसदको पीसीआर परीक्षण भइसकेपछि आज दिउँसो १ बजे विशेष अधिवेशनको बैठक बस्न लागेको छ ।

प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुव्वा गुरुङविरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताब पेश भएको थियो । आज सोही विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

कोरोना पोजेटिभ देखिएका सांसदले आज हुने मतदानमा भाग लिन पाउने छन् । तर संसदमा बोल्न भने दिइने छैन ।