पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०८-०६ ०४:४८ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ संक्रमित थपिएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस