काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन (दोस्रो संशोधन) विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । शनिबार कांग्रेस संसदीय दलको बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘नेपालको संविधानको धारा-९ को उपधारा (२)सँग सम्बन्धित अनुसूची-३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि नेपाल सरकारले प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि २०७७ जेठ ३१ गते बस्‍ने प्रतिनिधिसभा बैठकमा मतदान हुने हुँदा उक्त बैठकमा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य अउपस्थित भई उक्त विधेयकको पक्षमा अनिवार्य मतदान गर्नका लागि संसदीय दलको बैठकले गरेको छ ।’