आज मौसम सफा रहने
खबर एक्सप्रेस
२०७६-१२-१७ ०८:३९ मा प्रकाशित
Total Shares: 1735
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आँशिक प्रभाव रहेको छ ।
देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो भने देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।
यस्तै राती देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस