काठमाडौं - कोरोना भाईरसका कारणले गर्दा बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले अनलाईन बैंकिङ्ग सेवालाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहक वर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।
ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ ।
बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्लि खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ अनलाईन बैंकिङ्गलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबद्र्धनको निम्ति बढि ब्याजदर दिइएको बैंकले जनाएको छ ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन पाँच हजार रुपैयाँ बराबरको क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाख रुपैयाँसम्म कारोवार गर्न सकिने बैंकले विज्ञप्तिमा जनाएको छ ।
त्यस्तै सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक पन्ध्र लाख रुपैयाँसम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी बैंकले यो खाता संचालनमा ल्याएको जनाएको छ ।
उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेशन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।
बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np बाट लिन सकिन्छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।

.gif)


