काठमाडौं,धनगढी - सुस्तमनस्थिति भएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा बैतडीबाट दुइ जना पक्राउ परेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा २० वर्षीया सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका गोपिराम चुनारा र ललितराम चुनारा रहेका छन्। पीडित युवतीले जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

.gif)



