गृहमन्त्री थापाले भने- 'लिपुलेकको समस्या नयाँ होइन'
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले लिपुलेकको समस्या नयाँ समस्या नभएको बताएका छन् ।
आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै थापाले ६ दशकदेखि नै नेपाली भूमिमा भारतले अतिक्रमण गर्दै आएको बताए। त्यसलाई कूटनीतिक तहबाटै समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा केन्द्रित रहेर बसेको बैठकमा गृहमन्त्री थापाले भने, 'भारतले नेपालको ४ सय किलोमिटर अतिक्रमण गरेको छ, त्यसलाई दुई देशले कूटनीतिक तहबाटै समस्या समाधान गर्नुपर्छ ।'
उनले भूभाग फिर्ता गर्न र भारतीय सेना फर्काउन सरकारका तर्फबाट भारत सरकारलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिए।
भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्रमा नेपाली सुरक्षा निकाय तैनाथ गर्ने र बाटो निर्माण कार्य तिव्र रुपमा चलेको बताए ।
फेसबुक पेज Like गर्नुहोस