मुख्यमन्त्री राईले बैठक छल्दै हिउँदे अधिवेशनको अन्त्य गरे
खबर एक्सप्रेस
२०७८-०१-०५ ०२:०६ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - प्रदेश १ को हिउँदे अधिवेशनको अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेशसभाको सातौँ चालु हिउँदे अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बताएका छन् ।
सातौँ अधिवेशको कुनै पनि बैठकमा मुख्यमन्त्री शेरधन राई उपस्थित भएनन् । आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि उनले सुरूबाटै प्रदेशसभाको बैठक छल्दै आएका थिए । पछिल्लो समय हिउँदे अधिवेशन एउटा पनि विधेयकमा छलफलै नगरी आइतबारबाट अन्त्य भएको हो।
अधिवेशनको अन्त्य गरेपछि विपक्षी दलहरुले मुख्यमन्त्री र सरकारको शैलीको कडा आलोचना गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस