काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिन लागिएको विषयप्रति आक्रोश जनाउँदै यस्तो काम राष्ट्रघाती भएको बताएका छन् ।

डा. भट्टराईले आज एउटा ट्वीट गर्दै एउटा निजी हवाई कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक भएको बताए । ‘संसद र संसदीय समिति क्रियाशल नरहेको मौका छोपेर ओली र उनका आसेपासेहरुले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ,’ ट्वीटमा उनले भनेका छन्, ‘सबैतिरबाट प्रतिवाद गरौं ।’