काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली सेनाको मनोबल गिराउने काम गर्न नहुने बताएका छन् । राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला सेनालाई विवादमा तान्न नहुने उनको भनाई छ ।

सार्वजनिक खरिद जस्तो सरकारले गर्नुपर्ने कार्य सेनालाई दिन नहुने बताउँदै थापाले अनावश्यक विवादमा ल्याउन नहुने उल्लेख गरे ।

'राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुनुहुँदैन। सेनाको मनोबल गिराउने काम गर्नु हुँदैन' थापाले बिहिबार ट्विटरमा लेखेका छन्, 'सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावतस् अनावश्यक विवाद हुन्छ। भविष्यमा यस्तो गल्ति नदोहोरियोस् ।'

पछिल्लो समय सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएपछि विभिन्न प्रश्न उठ्न थालेको छन् ।