झम्सिखेलमा प्रचण्ड-माधव समूहको भेला
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरु ललितपुरस्थित झम्सीखेलको एक होटेलमा छलफलमा जुटेका छन् ।
बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा (बादल)बीच छलफल जारी छ । छलफलमा प्रचण्ड-माधव समूहका अधिकांश स्थायी कमिटी सदस्य सहभागी छन् ।
बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि थप रणनीति तय गर्न दाहाल र वरिष्ठ नेता नेपाल समूहले भेला गरेका हुन् । मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए ।
प्रधानमन्त्री ओलीले पनि बिहान आफू निकट नेताहरुसँग छलफल गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस