वामदेव गौतम बालुवाटारमा, एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा सहभागी हुन गौतम बालुवाटार गएको स्रोतले बताएको छ । अध्यक्ष ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएपछि गौतम सकारात्मक रहेको बताइएको छ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्नेछ ।
आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाएको छ । उक्त पक्षले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।
अध्यक्षसमेत ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार साँझ टेलिफोन संवाद पनि भएको थियो । वार्तामा अध्यक्ष ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान नेता नेपाललाई आग्रह गरेको र जवाफमा नेता नेपालले केन्द्रीय कमिटी बैठक केही पछि सार्न आग्रह गरेको स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस