सरकारको काम आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ : प्रम ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरिरहेको भन्दै सरकारको काम आँखा खोलेर हेर्न आग्रह गरेका छन् ।
दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डौको भृकुटीमण्डपका गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेकपाका अध्यक्ष समेत रहेका ओलीले चाडबाडका अवसरमा पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
आनन्द कार्कीको गीत ‘यी हल्लाहरु हुन् तिमीले सुनेका’ गीत उद्धृत गर्दै ओलीले भने, ‘सरकारले काम गरिरहेको छ। आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ ।’
देशमा गरिब दुःखी र मध्यम वर्गले सरकारका कामको प्रसंसा गरेको र उनीहरुको जीवनस्तरमा सुधार भैरहेको बताउँदै ओलीले
वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भैरहेको, गरिबी निवारण भैरहेको बताए ।
वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको सुरु गरेको र वर्षौँसम्म अलपत्र परेका आयोजना पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब पश्चिम सेती, पञ्चेश्वर, बुढिगण्डकी लगायतका आयोजना निर्माणमा तीव्रता आउने समेत बताए ।
फेसबुक पेज Like गर्नुहोस