काठमाडौं –  पूर्व सांसद डीबी कार्की पक्राउ परेका छन् । तत्कालीन नेकपा एमालेका पूर्व सांसद समेत रहेका कार्कीलाई प्रहरीले काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।

कार्की सर्वोच्च अदालत र उच्च अदालत पाटनबाट दोषी ठहर भइसकेका छन् । ‘अहिले हामीले पक्राउ गरिहालेको भन्न सक्ने अवस्था त छैन तर हामीले पक्राउ गरेको खण्डमा रिलिज गर्छौं,’ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी दिपक रेग्मीले भने ।

कार्कीले प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस खाएको आरोप लागेको थियो ।  विशेष अदालतले उनलाई २०६७ चैतमा दोषी ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएको थियो । त्यसविरुद्ध उनी २०६८ जेठ २४ गते सर्वोच्च गएका थिए । सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।