ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित
काठमाडौं - अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ ।तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ,।
राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ । ट्रम्पले यसअघि ट्वीटरमा आफूले केही पनि नराम्रो नगरेको बताएका छन् ।स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए।
आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्याउनु दुस्खदायी भएको बताइन्।
उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन्।उनले भनिन्, ‘राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।’तर रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस