एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक
काठमाडौं - सत्तारूढ नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
तर, सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा पछि बनेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएको र त्यसले गरेका निर्णय मान्य नहुने उल्लेख छ।
यस्तै, बैठकमा महाधिवेशनका लागि सदस्यता नवीकरण गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिने निर्णय पनि भएकाे छ । साथै पछिल्लो विकसित राजनीतिक घटना, पार्टीको आन्तरिक जीवन, कोभिड महामारीलगायत विषयमा पनि छलफल भएको छ ।
फेसबुक पेज Like गर्नुहोस