काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच झण्डै ३ घण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । तर, दुई अध्यक्षबीचको छलफल कुनै निष्कर्षमा पुगेको भने छैन । बुधबार पनि छलफल गर्ने र स्थायी कमिटी बैठक पनि बस्ने सहमति भएको पनि बताइएको छ ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवाद चर्केको हो । सहमति खोज्नका लागि सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ ।