काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभागले चीनबाट जी टु जीमार्फत् औषधि ल्याउने र त्यसको जिम्मेवारी सेनालाई दिने तयारी गरेको जनाएको हो । बुधबार ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपालका आपूर्तिकर्ताहरुसँग बिहीबार टेण्डर आह्वान गर्ने बताएका थिए । तर, विभागले टेण्डर आह्वान प्रक्रिया सुरु गरेन ।

स्वास्थ्य उपकरण ल्याउने क्रममा अनियमितता भएकाे भन्दै चाैतर्फी विराेध भएपछि बुधबार सरकारले अत्यावश्कयक मेडिकल सामग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको  स्रोतले बताएकाे छ ।