नेताहरू भेट्दै मडुरोका छोरा
खबर एक्सप्रेस
२०७६-०३-३१ ११:०० मा प्रकाशित
Total Shares: 785
काठमाडौँ – नेपाल भ्रमणमा रहेको भेनेजुएलाको टोलीले नेताहरूसँग भेटघाट गरेर चार वर्षअघि भारतले लगाएको नाकाबन्दीका बेला खाद्यान्न र आत्मनिर्भरताका लागि चालिएका कदमबारे जिज्ञासा राखेको छ ।
नेकपाको युवा संघको निमन्त्रणामा युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको युवा संगठन जेपीएसयूभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा १५ सदस्यीय टोली शनिबार आएको हो ।
टोलीमा त्यहाँका राष्ट्रपति निकोलस मडुरो मोरोसका छोरा निकोलस अर्नेस्टो मडुरो गुयरासमेत छन् । टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग आइतबार र सोमबार भेटघाट गरेको छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस