मेलम्चीमा पुनः बाढी
खबर एक्सप्रेस
२०७८-०४-१७ ०८:४८ मा प्रकाशित
Total Shares: 344
काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ ।
नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ भने रेडियो मेलम्चीको भवन पनि बगाएको छ ।
असार १ को भीषण बाढीपछि लयमा फर्कन लागेको मेलम्ची आसपासका स्थानीय शनिबार राती आएको बाढीले फेरि त्रसित भएका छन् । नदिले कटान गरेको बस्ती र अन्य संरचना जोगाउन मेलम्ची र हेलम्बु क्षेत्रका स्थानीय बाढी गएदेखी नै निरन्तर लागिरहेका थिए ।
राती बाढी आएपछि नदि आसपासका स्थानीयमा भागदौड भएको थियोे । अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, प्रहरीको थप टोलि परिचालन गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस