एमाले बैठक: १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भंग
खबर एक्सप्रेस
२०७८-०४-०१ ०२:१५ मा प्रकाशित
Total Shares: 371
काठमाडौं - नेकपा एमाले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यादलले तयार पारेको प्रस्ताव एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको बैठकले १० बुँदे प्रस्ताव अनुमोदन गरेको हो ।
केही दिन अगाडि पार्टीभित्रको विवाद समाधानका लागि नेपाल र ओली पक्षका नेताहरु सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले लामो समय लगाएर १० बुँदे प्रस्ताव तयार पारेको थियो । साथै, बैठकले कार्यदल पनि भंग गर्ने निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस