प्राधिकरणका सहायक प्रबन्धक ७५ हजार घुससहित पक्राउ
खबर एक्सप्रेस
२०७६-११-०३ ११:०० मा प्रकाशित
Total Shares: 380
काठमाडौं - नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक (आठौँ तह) शेरबहादुर सुनारलाई ७५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
प्रबन्धक सुनारले उक्त घुस रकम कार्यालयका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
निज खड्कालाई पिछा गर्दै जाँदा कमलामाई नगरपालिका–७ गैरीचोकबाट रङ्गेहाते र सहायक प्रबन्धकलाई कार्यालय नजिकैबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस